काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित प्रहरी प्रभाग मातातिर्थको प्रहरी सेवा पुर्नस्थापना भएको हो ।

जेनजी आन्दोलनका क्रममा गत मंगलबार भएको तोडफोड र आगलागीका कारण उक्त प्रभागबाट दिइने सेवा बन्द भएको थियो । शनिबार चन्द्रागिरि नगरपालिका वडा नम्बर ८,६ र ५ का युवाहरु, वडा नम्बर ८ का जनप्रतिनिधीहरु र प्रभागमा कार्यरत प्रहरी कर्मचारीहरुले सरसफाइ गरेसंगै सेवा सुचारु भएको हो । तोडफोड र आगलागीका कारण प्रभाग रहेको उक्त भवनका सिसाहरु फुटेका थिए भने प्रहरीको पोशाक,फर्निचर,ल्याप्टप का साथै केहि मोटरसाइकलहरु जलाईएका थिए । वडा नम्बर ८ का वडाध्यक्ष प्रल्हाद रिजालले जेन-जीका नाममा अराजक तत्वहरुले तोडफोड र लुटपाट गरेको भन्दै उनीहरुको पहिचान भइसकेको बताए । उनले भने निजहरुलाई कानुनी कारवाहीको दायरमा ल्याउन छिट्टै प्रकृया सुरु गरिने छ । स्थानीयहरुले चौकी भवनको झ्यालहरुमा सिसा राखिदिने र आवश्यकता सहितको माग गरे फर्निचर,रंगरोगन लगायतका बिषयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । प्रहरी प्रभाग मातातिर्थका प्रहरी प्रमुखले प्रहरीको आफ्नै भवनका लागी वडा संग जग्गा प्राप्ती र समन्वयहुने अपेक्षा राखे ।

https://www.facebook.com/share/v/17Az4xUfTq/

सरसफाई कार्यक्रममा सहभागी युवाहरुले देशको शान्ती सुरक्षामा अहोरात्र खटिने प्रहरीको पुर्नस्थापनाका लागी सरसफाई गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय