काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोटमा टोल सुरक्षा समिति गठन भएको हो ।गठित सुरक्षा समितिले शान्ती र अमनचैनका लागी घुसपैठ रोक्ने मुख्य उद्देश्य राखेको छ ।

स्थानिय रामकुमार देसारको संयोजकत्वमा थानकोट स्थित महालक्ष्मी मन्दिर परिसर टोल सुरक्षा समिति आइतबार गठन भएको हो । पछिल्लो समयको बिषम परिस्थितीलाई मध्यनजर गर्दै शान्ती सुरक्षा कायम गर्न र चाडबाडको बेलामा हुन सक्ने संम्भावित चोरी डकैती,कुनै तत्वको नाममा हुन सक्ने घुसपैठ लगायतको प्रतिबाद गर्न सुरक्षा समिति गठन गरियको संयोजक देसारले बताए ।

समितिले शान्ती सुरक्षा कायम गर्न टोल टोलमा निगरानी बढाउने,शंकास्पद गतिबिधी भएमा सुरक्षा निकायसंग समन्वय गरि कानुनी दायरामा ल्याइने उनले जानकारी दिए । साथै सुरक्षा समितिको काम-कारवाहीलाई चुस्त-दुरुस्त राख्न वडा क्षेत्रमा रहेका संघ/संस्था ,क्लब,महिला समुहसंग सहकार्य रहने देसारले बताए ।चन्द्रागिरि –४का वडाध्यक्ष कृष्णप्रसाद खड्गीको रोहबरमा समिति गठन भएको हो ।हाल समितिमा ३० जना युवाहरु सदस्य रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय