काठमाडौं । चन्द्रागिरि नगरक्षेत्रमा संचालित खानेपानी समितिहरुले आफुले भनेको उपभोक्ताले मान्नेपर्ने भन्ने दम्भ देखाउन थालेका छन ।
मातातीर्थ मल्पी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिबार आयोजित चौथो बार्षिक साधारण सभामा त्यस्तो दृष्य देखिएको हो ।नयाँ खानेपानी जडान गर्दा ६० हजार रुपैया तिर्नु परेको उपभोक्ताको गुनासो र चन्द्रागिरि नगरपालिकाले जारी गरेको चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन, २०८० र चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन नियमावली २०८० मा उल्लेख भएको शुल्कको तादम्यता मिल्न नसक्दा उपभोक्ताले प्रश्न गरेका हुन । त्यसोत उक्त ऐन बिरुद्ध अदालतमा मुद्धा पनि परेको थियो केहि बुँदामा अदालतको बिमति भएपनि जारी गरेको समग्र ऐनलाई भने आदलतले खारेज गरेको थिएन । उपभोक्ता समितिहरुले ऐननै खारेज भए जसो गरि मनलाग्दी गरेसंगै बिषय पेचिलो बन्दै गएको हो । यसै प्रशंगमा मातातीर्थ मल्पी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामराजा थापाले मेरो कार्यकाल हुनेजेल सम्म शुल्क नघट्ने भन्दै दम्भ देखाए । साथै उपभोक्ताले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति भएकाले सरसफाईका लागी के के गर्नु भयो भनि प्रश्न गर्दा अध्यक्ष थापाले नितान्त खानेपानी उपभोक्ता मात्र भएको र प्राविधिक कुरा मिलाउन मात्रै सरसफाइ भन्ने शब्द घुसारिएको दाबी गर्दै सरसफाई हाम्रो काम होइन भने ।
चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन नियमावली २०८० मा उल्लेख भएको शुल्क
अध्यक्ष थापाको यो प्रस्तुती संगै शुभकामना मन्तब्य दिन उठेका चन्द्रागिरि –८का वडाध्यक्ष प्रल्हाद रिजालले नगरले जारी गरेको ऐन र नियमावली भित्र बसेर कार्य सम्पादन गर्न समितिलाई सचेत गराए । खानेपानी समितिलाई आवश्यक सिफरिसहरु आफुले नरोकेको तर त्यसैलाई कमजोरी ठानी नगरपालीकाले जारी गरेको ऐन र नियमावली मान्दैनौ भन्ने प्रकारको प्रबृती स्वीकार्य नहुने भन्दै लचकतालाई कमजोरी नसम्झिन चेतावनी समेत दिए । समितिहरुले खानेपानी मात्रै नभई सरसफाईमा समेत ठोस योजना बनाई कार्यान्वयन गर्न निर्देशन समेत दिए ।

समितिले हाल मातातीर्थ मल्पी क्षेत्रमा कुल ४सय ६५ वटा धारा जडान गरि खानेपानी बितरण गर्दै आएको छ । आर्थिक बर्ष २०८१/८२ मा समितिले ३२ वटा नयाँ धारा जडान गरेको हो । साथै समितिले असोज देखि लागु हुने गरि खानेपानी दररेटमा संशोधन गरेको छ । जस अनुसार १ देखि २० युनिट सम्म १ सय ५० रहेको छ भने त्यसभन्दा माथीका युनिटमा प्रति युनिट बराबर थप शुल्क लाग्ने जनाएको छ ।
१२ बर्ष अघि स्थापना भएको मातातीर्थ मल्पी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा हाल सहकारीमा १ लाख ९८ हजार र बैकमा २७ लाख ११ हजार ८८६ रुपैयाँ मौज्जात रहेको जानकारी साधारण सभामा दिइएको हो ।

