काठमाडौं । प्रहरी वृत्त दरवारमार्गको प्रहरी टोलीले कार्तिक ७ गते शुक्रबार साँझ चन्द्रागिरि –५ स्थित गुरुजुधाराको एक घरमा सर्च गरेको हो ।

कार्तिक ४ गते बिहान ३ बजे काठमाडौं नाँचघर नजिकै भएको कुटपिट र लुटपाट संग सम्बन्धीत घटनाको अनुसन्धानमा दरवारमार्ग प्रहरी टोली चन्द्रागिरि आइपुगेको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुरुजुधारा स्थित यातायात कार्यालयको पेरिफेरिमा रहेको उक्त घरको खान तलासिको लागि प्रहरी टोली शुक्रबार साँझ पुगेको थियो । खानतलासीको क्रममा प्रहरीले लुटपाट र चोरी भएको १ थान सुनको सिक्री,नगर दुईहजार दुई सय र मोवाइल फोन १ थान बरामद गरेको छ । कार्तिक ४ गते एका बिहानै ३ बजे जमल नाँचघर नजिक मोतीलाल श्रेष्ठ लाई ३ जनाको समुहले कुटपिट गरि नगद,दुईतोलाको सुनको सिक्री र मोवाईल लुटपाट गरी भागेको प्रहरीकोमा जाहेरी पर्छ ।लुटपाट गर्नेमा तेश्रोलिङगी २ जना र अर्का एक जनारहेको जाहेरीमा उल्लेख हुन्छ । प्रहरीले सर्च र अनुसन्धान गर्दै जादाँ कार्तिक ७ गते शुक्रबार बिहान ठमेल क्षेत्रको संचयकोष क्षेत्रबाट ३ नै जनालाई पक्राउ गर्छ ।

पक्राउ पर्नेमा हेटौंडा घर भई चन्द्रागिरि –५ गुरुजुधारा बस्ने सुर्य भन्ने अर्जुन श्रेष्ठ,झापा घर भई चन्द्रागिरि पुरानो नैकाप बस्ने सुस्मिता भन्ने सृजना राई र रामेछाप घर भई डल्लु क्षेत्रमा बस्ने बिनिता मगर पक्राउ परेका हुन ।पक्राउ परेकाहरुलाई सोधपुछ र अनुसन्धानका क्रममा लुटेका सुनका गहना लगायतका समान चन्द्रागिरि –५ गुरुजुधारा बस्ने सुर्य भन्ने अर्जुन श्रेष्ठको कोठामा रहेको बयान संगै दरवारमार्गको प्रहरी टोलीले चन्द्रागिरिमा सर्च अपरेशन गरेको हो । पक्राउ परेका मध्ये सुर्य भनिने अर्जुन श्रेष्ठ पटक/पटक चोरी मुद्दामा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय