काठमाडौं । प्रहरी वृत्त थानकोटले जुवा बिरुद्ध विशेष अभियान चलाएको हो ।
वृत्त प्रमुख, डिएसपी एलिजा गिरीको नेतृत्वमा संचालित अभियानमा सोमबार चन्द्रागिरि ८ लुङकोट बाट २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । लुङकोट स्थित दिवाकर महर्जनको घरमा कौडा खेलिरहेका १५ जना पुरुष र ६ जना महिला साथै घरबेटी महर्जन सहित २२ जना पक्राउ परेका हुन । उनीहरुको साथबाट १६ लाख ५३ हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।जुवा घरमा प्रहरी पुगेको थाहा पाएसंगै भाग्ने क्रममा एक जना खेलाडिको दाहिने खुट्टा भाँचिएको छ ।उनको स्थानिय एक स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।
जुवातासका कारण सामाजिक अपराध बढदै गएको गुनासो आएपछि प्रहरी वृत्त थानकोट निर्ममताका साथ जुवा बिरुद्धको अपरेसनमाअघि बढेको हो । पक्राउ परेकाहरुलाई थानकोट वृत्तको हिरासदमा राखिएको छ । मंगलबार म्याद थप गरि थप अनुसन्धान गर्ने तयारीमा प्रहरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय