काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण कार्यको भौतिक प्रगती ३५ प्रतिशत पनि हुन नसकेको हो ।

भौतिक संरचना निर्माण परियोजनाको अबधी समाप्त हुदाँ सम्म बाँकी ६५ प्रतिशत निर्माण कहिले र कसरी हुन्छ भन्ने निश्चित खाका समेत तयार हुन सकेको छैन ।यस बिचमा न त ठेक्काको म्याद थप भएको छ न त परिमार्जित डिजाइनले नै अन्तिम रुप पाएको छ ।  भगवान शिवका ६४ पिठ मध्ये पचासौं पिठको रुपमा रहेको चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा बन्ने बिभिन्न भौतिक संरचनाको २०८१ मंसिर ३ गते शिलान्यास भएको थियो । कुल रु. ६ करोड पाँच लाख सात हजार चार सय ६७ लागत रहेको सो परियोजनाका लागि भारतीय दूतावासबाट रु. चार करोड ३६ लाख ९० हजार सहायता प्राप्त भएको हो । परियोजनाको अवधि २०८२ कात्तिक ११ गतेसम्म रहेको थियो ।

भवन निर्माणका लागि डिपीआर र ठेक्का सम्झौता भई कार्य गर्दै जाँदा संरचनाको डिजाइननै परिवर्तन गर्नु परेकाले समयमा नै निर्माण सम्पन्न हुन नसकेको भन्ने जवाफ आइरहदाँ अब भवन निर्माण कसरी र कुन श्रोतबाट हुन्छ भन्ने बिषयमानै अन्यौता देखिएको छ । नेपाल भारत सहयोग कार्यक्रम अन्तर्रगत भवनहरु बन्दै गरेकोमा डिजाईन परिवर्तन संगै भारतले लगानी गर्छ कि गर्दैन भन्ने जनचासो बढेको छ भने अर्कोतिर डिजाईन परिवर्तन भएको बिषय निर्माण अबधी समाप्त भइसकेको समय सम्म पनि नगरकार्यपालिका बैठकमा पेश नभएको जानकारी आएको छ ।

नगरपालिकाका धेरै जस्तो योजनाहरु हतारमा डिपिआर र ठेक्कामा जाने र पछि बिबिध समस्याले गर्दा डिजाइन परिवर्तन गर्नु पर्ने दृष्टान्तले धेरैजस्तो योजनाहरु समयमानै सम्पन्न हुन सकेका छैनन । यस्तो समस्या चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा बन्ने भौतिक संरचनाले मात्र होइन नगर गौरवकै आयोजना मध्यको चन्द्रागिरि नगर अस्पताल भवन निर्माणले पनि बेहोरेको हो । त्यसैले आगामी योजनाहरुको परिकल्पना गर्दै गर्दा समस्या नआउने गरि योजना बनाउनु पर्ने छ भने योजना सम्झौताभई कार्य अगाडि बढाउदाँ समस्या उत्पन्न गर्नेबिरुद्ध नगरपालिका कठोर रुपमा प्रस्तुत हुनुपर्ने देखिन्छ ।

https://www.facebook.com/share/v/1CdeBVQhPk/

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय