काठमाडौं । अन्तर माध्यमिक तह (कक्षा ११–१२) स्तरीय वादविवाद प्रतियोगिताको उपाधी ब्राइट फ्युचर माध्यमिक विद्यालय तिनथानाले हात पारेको हो ।

चन्द्रागिरि नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय सतुंगल र ब्राइटफ्युचर माध्यमिक विद्यालयले दोश्रो स्थान प्रप्त गर्दै गर्दा तृतीय स्थानमा भने बलम्बु माध्यमिक विद्यालय रह्यो ।बलम्बु माध्यमिक विद्यालय र मंगलोदय माध्यमिक विद्यालयबाट सहभागी प्रतिस्पर्धीले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रभात माध्यमिक विद्यालय चेकपोष्टमा सञ्चालन भएको प्रतियोगितामा प्रथम हुने ब्राइट फ्युचरका हर्षित न्यौपानेले नगद ५ हजार पदक तथा प्रमाणपत्र प्रप्त गरेभने विद्यालयलाई कप र प्रमाणपत्र भने प्रदान गरिएको हो ।साथै दोश्रो हुने ब्राइट फ्युचरका रेखा खड्का र विष्णुदेवी शिक्षा सदनका अनिता कुमारी जोशीले नगद ३ हजार पदक तथा प्रमाणपत्र प्रप्त गरे भने विद्यालयलाई कप र प्रमाणपत्र भने प्रदान गरिएको हो ।त्यस्तै,तेश्रो हुने बलम्बु माध्यमिक विद्यालयका महादेव पाध्यले नगद  दुई हजार,पदक तथा प्रमाणपत्र प्रप्त गरे भने विद्यालयलाई कप र प्रमाणपत्र भने प्रदान गरिएको हो ।बलम्बु माध्यमिक विद्यालयका प्रिन्स थापा  र मंगलोदय माध्यमिक विद्यालयका करिष्मा लावडले सान्त्वना पुरस्कार  क्रमशः नगद १/ १ हजार पदक तथा प्रमाणपत्र र विद्यालयलाई कप र प्रमाणपत्र प्रप्त गरे ।

प्रतियोगितामा नगरपालिका अन्तर्रगतका कक्षा ११–१२ सञ्चालन भएका जम्मा ७ ओटा विद्यालयबाट करिव ३५ जना विद्यार्थी सहभागी थिए ।प्रतियोगितामा ‘सामाजीक सञ्जाल वरदान कि अभिशाफ’ शिर्षकमा बादबिवाद भएको हो । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि चन्द्रागिरि नगरपालिकाले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

चालु शैक्षिक सत्र २०८२ मा नगरपालिकाले शैक्षिक प्रदर्शनी,लोक नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिताहरु सम्पन्न गरिसकेको छ भने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि संचालनको तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय