काठमाडौं । चन्द्रागिरि नगरपालिकामा चालु आर्थिक बर्ष २०८२/८३ को पाचौं महिना सम्म आइपुग्दाँ जम्मा ७० वटा योजना मात्रै सम्झौता भएका छन ।
आर्थिक अभाव,जेनजी आन्दोलन,चाडबाड का साथै बदलियको राजनैतिक परिस्थितीका कारण नगरले ढिला गरि योजना सम्झौता गर्न थालेको थियो । १५ वटा वडा रहेको चन्द्रागिरि नगरपालिकाका ४ वटा वडाले पाचौ महिना सम्म जम्मा एउटा मात्रै योजना सम्झौता गरेको हो । वडा नम्बर १,४,११ र १३ को जम्मा एउटा मात्रै योजना सम्झौता भएको छ । वडा नम्बर २ र १४ ले भने यस अवधीमा ९/९ वटा योजना सम्झौता गरेका छन । वडानम्बर ९ ले आठ वटा योजना सम्झौता गर्दा वडा नम्बर ५,८ र १५ ले भने ७/७ वटा योजना सम्झौता गरेका छन । वडा नम्बर ३ र ७ ले तिन/तिन वटा,वडा नम्बर ६ ले पाँच वटा,वडा नम्बर १० र १२ ले चार/चार वटा योजना सम्झौता गरेका हुन ।एक लाख रुपैयाँ देखि ५० लाख रुपैया सम्मका योजनाहरु सम्झौता भएका छन ।सम्झौता भएका अधिकांश योजनाहरु बाटो निर्माण,मन्दिर निर्माण,बाटो ढलान लगायतका रहेका छन । ‘एक वडा एक नगर गौरव योजना’ अन्तरर्गतका ५० लाख रुपैयाँ को योजना ३ वटा वडाले सम्झौता गरेका छन । वडा नम्बर १२ ले डाडाँ गाँउ मुखिया गाँउ बाटो निर्माण,वडा नम्बर ३ ले गणेश स्थानमा पौराणिक पाटी पौवा निर्माण र वडा नम्बर ९ ले चन्द्रागिरि चक्रपथ ११ मिटर सडक स्तरउन्नोती का ५० लाख रुपैयाँको योजना सम्झौता गरेका हुन । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक बर्षमा २ हजार ४ सय ५८ वटा योजना बनाएकोमा पाचौं महिना सम्म जम्मा ७० वटा योजना मात्रै सम्झौता भएको हो ।
यो अवधीमा नगरका योजनाहरु मध्येको ३ प्रतिशत योजना पनि सम्झौता हुन नसक्नुले नगरले राखेको लक्ष्य हासील गर्न चुनौती देखिएको छ ।सम्झौता भएका योजना भने नगर योजना,नगरपालिकाको ‘क’र’ख’तर्फका योजना र ५०/५० का योजना रहेका छन ।


