काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं क्षेत्र नम्बर १० कमिटिले ११ जनाको नाम सिफारिस गरेको हो ।
आज बसेको पार्टीको क्षेत्रिय कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा केन्द्रिय सदस्य विनोद श्रेष्ठ सहित ११ जनाको नाम सिफरिस गरेको हो ।बैठकले डा.सुरेन्द्र मानन्धर,सरद कुमार महर्जन,सरस्वती रिजाल खड्का,केशरत्न बजार्चाय,वटुकृष्ण थापा,हिमेश के सी,भक्तलाल श्रेष्ठ,रुपेश वास्कोटा,सुर्यबहादुर बुढाथोकी र सुमन पोखरेलको नाम सिफरिस गरेको हो । बैठकमा १६ जनाको दाबी रहेकोमा ५ जनाले नाम फिर्ता लिएका थिए । सिफारिस भएकाहरु मध्ये विनोद श्रेष्ठ र भक्तलाल श्रेष्ठ चन्द्रागिरि नगरक्षेत्रका हुन भने अन्य नौ जना कीर्तिपुर नगर क्षेत्रका हुन । दक्षिणकाली नगर क्षेत्रका आकांक्षी रहेपनि अन्त्यमा नाम फिर्ता लिएका थिए ।
सिफरिस भएकाहरुको नाम जिल्ला कमिटिको राय सुझाव सहित प्रदेश कमिटिमा पुग्नेछ र अन्तत केन्द्रिय कमिटिले उम्मेदवारको नाम टुङ्गो लगाउने छ ।

