काठमाडौं । कमला कार्कीको जन्म जयन्तीको अवशरमा कमला कार्की स्मृति प्रतिष्ठानले १ संस्था सहित ५ महिलालाई सम्मान गरेको हो ।
प्रतिष्ठानले चन्द्रागिरि नगरक्षेत्रमा बसोबास गरि राष्ट्रमा योगदान पुर्यायका महिला पत्रकार, महिला खेलाडी र सामाजिक क्षेत्रमा क्रियाशील महिलाका साथै चन्द्रागिरि नगरपालिका वडा नंम्बर १४ र १५ मा बसोबास गर्ने ज्येष्ठ उमेरकी एक/एक जना महिला र नगरक्षेत्रमा रहेको समाजिक संस्थालाई सम्मान गरेको हो ।सम्मानित हुनेमा पत्रकार महिलातर्फ विष्णु पन्थी, खेलकुदतर्फ कराते खेलाडी सानुमाया थिङ र सामाजसेवी संजु बस्नेत रहेका छन ।

त्यस्तै, ज्येष्ठ महिला वडा नं. १४ निवासी नानी कार्की र वडा नं. १५ निवासी सानुमैंया कार्की सम्मानित भएका हुन । प्रतिष्ठानले उनीहरुलाई दोसल्ला ओढाई जनही १५ हजार १ रुपैयाँ तथा प्रमाणपत्रले सम्मान गरेको हो । संस्था तर्फ चन्द्रागिरि नगरपालिका–१४ नयाँ नैकापस्थित सिर्जनशिल अपाङ्ग पुनस्र्थापना तथा विशेष शिक्षा विद्यालय सम्मानित भएको हो । विद्यालयलाई नगद १ लाख १ रुपैयाँ तथा प्रमाण पत्रसहित सम्मान गरिएको हो ।


प्रतिष्ठानले प्रत्येक बर्ष कमला कार्कीको जन्म जयन्ती पुष २७ को अवसरमा विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गर्दै आएको छ ।
ब्राइट फ्यूचर माविका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले दिवंगत आमा कमला कार्कीको नाममा प्रतिष्ठानको स्थापना गरेसंगै दशौं स्मृति दिवसका अवसरमा सम्मान गरिएको हो । कार्यक्रम ब्राइट फ्यूचर माविको प्रङ्गणमा गरिएको हो ।

