काठमाडौं । प्रहरी प्रभाग बलम्वुको आयोजनामा हाम्रो प्रहरी कार्यक्रम अन्तरर्गत सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

‘हर प्रहर,गाँउ नगरी,टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारीको हाम्रो प्रहरी कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल स्थित विष्णुदेवी सामुदायीक भवनमा सार्वजनिक सुनुवाई कार्यक्रममा शान्ति सुरक्षासंग सम्बन्धित बिषयमा छलफल भएको हो ।

कार्यक्रममा सहभागिहरुले नगरक्षेत्रमा लागुऔषध दुव्र्यशनीको संख्या र मात्रा बढदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । सार्वजनिक यातायातका सवारी चालकले समेत लागुऔषध सेवनगरी सवारी चलाएको भन्दै निगरानीका लागि प्रहरीलाई अनुरोध गरे । नगरक्षेत्रमा टहरा निर्माण र भाडामा लगाईएको बिषयमा पनि आवाज उठेको हो । निगरानी र जवाफदेहिताको अभावका कारण त्यस्ता ठाँउमा अपराधको जोखिम रहेको भन्दै सहभागिले प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

सडक दुर्घटना न्यूनिकरणका लागि उपाए अवलम्बन , सिसिक्यामरा जडान ,प्रहरी गस्ति बढाउनु पर्ने र प्रहरीले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने र आचरणात्मक सुधार गर्नुपर्नेमा सहभागिले जोड दिएका थिए । प्रहरीले भने घटना हुन नदिन र भैहालेमा तुरुन्तै खबर गर्न अनुरोध गरेका थिए ।

समाजका शान्तिसुरक्षा कायम गर्न हर-तरहको प्रयास गरिरहेको र समाज संग मिलेरनै त्यो सम्भावना हुने भएकाले समाजको धारणा बुझ्न कार्यक्रम प्रभावकारी रहेको उनीहरुको बिश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय