काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले गोली हानेर ६५ तोला सुनसहित एक जना व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी छन् ।काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति विशेष सूचनाको आधारमा नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो ।गएराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको हो,त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएको छन । खुट्टामा गोली लागेका चौधरीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय