काठमाडौं । चन्द्रागिरि नगरक्षेत्रका १ हजार ४ सय ५० किशोरीले एच.पि.भि. खोप लगाएका हुन ।
खोप अभियानको आज अन्तिम दिनमा थप ५ जनाले खोप लगाएसंगै प्रगति १०१.५ प्रतिशत भएको हो । नगरक्षेत्रका करिव १ हजार ४ सय २८ किशोरीहरुले खोप लगाईने लक्ष्य राखिएकोमा १ हजार ४ सय ५० किशोरीले एच.पि.भि. खोप लगाएका हुन ।विद्यालय केन्द्रित एच.पि.भि. खोप अभियान गत माघ २७ गते देखि संचालन भएको थियो । नगर क्षेत्रमा ४६ खोप केन्द्रबाट एच.पि.भि. खोप सेवा सञ्चालन भएको हो ।
कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरु लक्षित खोप सेवा सञ्चालन भएको हो । गत वर्ष संचालित एच.पि.भि. खोप अभियानमा खोप लगाउन छुटेका मध्य हाल ७ देखि १० कक्षामा अध्ययनरत छात्राहरु र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीहरुलाई खोप लगाइएको हो ।
अझै पनि छुट भएकालाई ७ गतेको नियमित खोप संगसंगै एच.पि.भि. खोप पनि लगाईने छ । फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा भएता पनि नियमित खोप सेवा भने संचालन हुने चन्द्रागिरि नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु कुमार महतोले जानकारी दिए ।
प्रत्येक महिना ७ र २१ गते हुने गरेको नियमित खोप सेवामा फागुन २१ गते निर्वाचन परेकाले फागुन २२ गते संचालन हुने उनले बताए । नगर क्षेत्रका २० वटा खोप केन्द्रबाट खोप सेवा संचालन भईरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय