काठमाडौं । चन्द्रागिरि नगरपालिका र कोरियाको कोरयोङ्ग सहर बीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरी र कोरियाको कोरयोङ्ग सहरका प्रतिनिधी बिच भगिनी सम्बन्ध स्थापनाका बिषयमा छलफल भएको हो ।चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले भगिनी सम्बन्ध स्थापना गर्नाले दुबै देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘दुई सहरबीचको बढदो सम्बन्धले धेरै कुराको सम्भावना खोल्ने छ।’चन्द्रागिरि नगरपालिका ऐतिहासीक नगरीका साथै यस क्षेत्र कला, संस्कृति र सम्पदाको सहर भएको बताउँदै नगरप्रमुख गिरीले कोरयोङ्ग सहरमा चन्द्रागिरिको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको बताए।
कोरयोङ्ग सहरका प्रतिनिधीले कला, संस्कृति र सम्पदाको आदानप्रदानका साथै कृषि क्षेत्रका अनुभव साँटासाँट गर्न इच्छुक रहेको बताए । कोरयोङ्ग सहरका प्रतिनिधीले चन्द्रागिरि नगरक्षेत्रमा रहेको थानकोटको सम्पदा,चन्द्रागिरि हिल्सको प्रकृतिक सौन्दर्यता लगायत स्थानमा भ्रमण गरि चन्द्रागिरि नगरक्षेत्रको अनुभव लिएका थिए ।
भगिनी सम्बन्ध स्थापनाका बिषयमा एक बर्ष अघि देखि भेटघाट र छलफल भइरहेको भएता पनि अब भने भगिनी सम्बन्ध स्थापनाको बिषयले सार्थकता पाउने भएको हो ।

