काठमाडौं । शोणितपुर तेक्वान्दो डोजाङले वर्ष २०८२ का विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको छ ।
प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी तथा डोजाङका अध्यक्ष श्री राम श्रेष्ठले खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन । सम्मानित खेलाडीहरूमा वर्षको उत्कृष्ट खेलाडी (Best Player of the Year–2082) नियोमी महर्जन, वर्षको सर्वाधिक ऊर्जाशील खेलाडी(Most Energetic Player of the Year–2082) लाक्पा दोर्जे लामा र वर्षको अनुशासित खेलाडी (Most Disciplined Player of the Year–2082) दीपिका तामाङ रहेका छन्।
कार्यक्रमले खेलाडीहरूमा थप उत्साह, आत्मविश्वास, अनुशासन र खेलप्रतिको समर्पण बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। खेलाडीहरूको मेहनत, निरन्तर अभ्यास र उपलब्धिको कदर गर्दै उनीहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

खेलाडीहरूको मेहनत, निरन्तर अभ्यास र उपलब्धिको कदर गर्दै उनीहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै वर्ष २०८२ का उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको हो ।
शोणितपुर तेक्वान्दो डोजाङले खेलकुदको विकास, अनुशासित खेलाडी उत्पादन तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

