काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

नगरपालिकाले बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग सहितको सहभागितामा गरेको बजार अनुगमनका क्रममा एक पुष्टकारी तथा गुदपाक भण्डारलाई सिल्ड गरिदिएको हो । चन्द्रागिरि –१५ ढुङ्गेअड्डा स्थित श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा सिल्ड गरिएको हो । अनुगमनका क्रममा उक्त भण्डारले तयारी गुदपाक ,पुष्टकारी, गुदपाक पुष्टकारी बनाउन प्रयोग गरिने कच्चा पदार्थहरु म्याद नाघेको,किरा परेको भेटिएपछि श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा सिल्ड गरिएको हो ।

अनुगमन टोलीले गुदपाक १०० किलोग्राम, पुष्टकारी ५ सय ३५ किलो ग्राम , खूल्ला टुक्रा बिस्कुट १ सय किलोग्राम, ओडस ९४ किलोग्राम,दुध पाउडर ७ किलोग्राम,म्याद नाघेको चिउरा १८ किलोग्राम,विना लेवलको चामलको पिठो २१९ किलोग्राम, बदाम १०० किलोग्राम,किरा परेको चनाको पिठो २७४ किलोग्राम साथै म्याद नाघेको चकलेट २१० किलो ग्राम सामाग्री समेत बरामद गरेको हो । उक्त सामाग्री नष्ट गर्नका लागि नगरपालिका ल्याईएको छ र सरोकारवालाहरुको रोहबरमा नष्ट गरिने चन्द्रागिरि नगरपालिका उद्योग,वाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखा प्रमुख नमराज बानियाँले जानकारी दिए ।

नगरक्षेत्रमा स्वस्थ र अनुशासित व्यवसाय गर्न उनले व्यवसायीहरुलाई आग्रह गरेकाछन । अन्यथा नगर निर्मम तरिकाले प्रस्तुत हुने बताउदै नगरक्षेत्रमा अखाद्य सामाग्री बिक्रि बितरण गर्ने, कालो बजारी गर्ने लगायतका गतिबिधी भए नगरपालिकालाई जानकारी दिन उनले सम्बद्ध सबैमा सुचित पनि गरेक छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय