काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित गौचरणमा ‘चन्द्रागिरि नवाह कथा महायज्ञ दीप प्रज्ज्वलन– २०८३’ सुरु भएको हो ।
आज बैशाख ११ गते बिहान मातातीर्थबाट कलश यात्रा सुरु भएसंगै नवाह कथा महायज्ञको औपचारिक सुरुवात भएको हो । कलश यात्रा मातातीर्थ–इटाखेल–घुमाउने हुदै महायज्ञ स्थलमा पुगेको हो । नवाहमा कथाबाचक दिनबन्धु पोखरेलले भागवत कथा वाचन गर्नेछन ।साथै महायज्ञमा विवाह, ब्रतवन्ध, गुन्योचोली, तुलदान तथा अन्य धार्मिक कार्य पनि हुनेछन ।महायज्ञमा सवा करोड पाँच सुते बत्ती प्रज्जवलन गरिनेछ ।
प्रत्येक दिन बेलुका ५ बजे देखि ९ बजे सम्म भजन कृतन हुनेछ ।महायज्ञमा नेपालका चर्चित गुरु महाराज तथा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।
धार्मिक समाजसेवी अभियन्ता हरि महतको आयोजना नवाह कथा महायज्ञ सवा करोड दीप प्रज्वलन २०८३ आयोजना भएको हो ।महायज्ञ बैशाख १९ गते पूर्णहुती समारोह सहित सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय