काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रमा निशुल्क खोरेत रोग विरुद्ध खोप कार्यक्रम संचालन भइरहेको छ ।
चन्द्रागिरि नगरपालिका पशुसेवा शाखाबाट बैशाख १० गतेबाट खोप कार्यक्रम संचालन भएको हो । कार्यक्रम अन्तर्गत कृषकहरुले पालेका गाई/भैसि/सुँगुर/बंगुरहरुलाई निःशुल्क खोप लगाईएको छ । बैशाख १० गते ५ सय ५ गाई र ५२ वटा भैसीलाई खोप लगाइएको र हिजो ११ गते २ सय ४७ वटा गाई र ४८ वटा भैसी गरी दुई दिनमा ८ सय ५२ खोप लगाइएको पशुसेवा शाखा प्रमुख करन बहादुर कठायतले जानकारी दिए । निशुल्क खोरेत रोग विरुद्ध खोप कार्यक्रमका लागि नगरक्षेत्रको १ देखि ५ नम्बर वडाका लागी ३ जना,वडा नम्बर ६ देखि १० सम्म २ जना र वडा नम्बर ११ देखि १५ सम्म २ जना गरि ७ जना भ्याक्सिनेटर खटाईएको छ ।

पशुपालक कृषकहरुलाई आफुले पालेका गाई/भैसि/सुँगुर/बंगुरहरुलाई निःशुल्क खोप लगाई फाईदा उठाउन नगरपालिकाले अनुरोध समेत गरेको छ । खोरेत रोग विरुद्ध खोप कार्यक्रम बैशाख १८ गते सम्म संचालनमा रहनेछ ।

