काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित मातातीर्थ औसी मेला व्यवस्थापनमा ६ लाख ९२ हजार रुपैयाँ बचत भएको छ ।

गत बैशाख ४ गते भएको मेलामा २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी भएको र १७ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण मातातीर्थ संरक्षण तथा विकास संस्थाले चन्द्रागिरि मेट्रोलाई उपलब्ध गराएको हो । भजन मण्डल र चन्दा बाकसबाट १९ लाख ५७ हजार ७ सय,बजार व्यवस्थापनबाट ३ लाख २५ हजार,पोखरीमा रहेको १२ हजार १ सय ८५,बैक क्यू.आर.बाट ६२ हजार र मनोरञ्जनबाट ५० हजार गरि कुल २४ लाख ६ हजार ८ सय ८५ रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ ।

 

त्यस्तै, मन्दिर परिसरमा संरचना निर्माण,रंङ्गरोगन,सिसिक्यामरा जडान ,बिजुली मर्मत,क्याटरिङ खर्च,भजन मण्डल खर्च,खाजा खर्च,मसलन्ध तथा पूजा सामाग्री,छापाखाना लगायतका शिर्षकमा १७ लाख १४ हजार खर्च भएको विवरण उपलब्ध भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय