काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ स्थित नवरस संगीत पाठशालाद्वारा पहिलो लोक नृत्य कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

पांच दिने लोकनृत्य मगर समुदायको मौलिक कौराहा नृत्य, मौलिक थाली नृत्य, चौधरी समुदाय झुम्रा नृत्य, परम्परागत प्रचलित चर्या नृत्य, पश्चिमामुलुकमा प्रचलित फ्रि स्टाइल हिपहप नृत्यको कार्यशाला गोष्ठी आज शनिबार सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरुले यस्ता गोष्ठीहरुले मौलिक परम्परागत नृत्यको जगेर्ना गर्ने र पुस्तान्तरणमा समेत मद्दत गर्ने भएकाले गोष्ठी संचालन गर्ने नवरस संगीत पाठशालाको खुलेर प्रशंसा गरे ।साथै नृत्यले मनोरञ्जनमात्र दिने नभई स्वस्थ रहन समेत मद्दत पुग्ने हुदाँ प्रहिक्षर्थीहरुलाई नृतयमा निरञ्तरता दिन हौसल्ला प्रदान गरे । कार्यक्रममा चन्द्रागिरि –१० का पूर्ण बहादुर शाही र सानुकाजी श्रेष्ठलाई नायःखीःबाजा संरक्षणमा पुर्यायको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा पांच दिने कार्यशाला गोष्ठीमा नृत्य प्रशिक्षकहरु रहेका बिभिन्न बिधाका प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो भने गोष्ठीमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । साथै कार्यक्रममा प्रशिक्षार्थीहरुले सिकेका नृत्यहरु प्रस्तुत गरेका थिए ।बम कुमारी बुढा मगरको प्रमुख आथित्यतामा भएको समापन कार्यक्रमको सभापति धर्म रत्न श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय