काठमाडौं । चन्द्रागिरि नगरपालिका बडा नम्बर २ स्थित बाडभन्ज्याङ्गमा रहेको पुरानो वडा कार्यालय संगै २ कोठा भएको भवन र सार्वजनिक शौचालयमा नगरपालिकाले सिल गरेको हो ।

सोमबार बिहान वडाजनप्रतिनिधी,नेपालप्रहरी,नगरप्रहरी र स्थानियको रोहबरमा २ सटरमा सिलबन्दी गरिएको हो । उक्त सटर मध्य एउटा सटरमा काभ्रेका विरेन्द्र पोडे भन्ने बीरेन्द्र देउलाले २०७९ साल देखि सम्झौता गरि सार्वजनिक शौचालय संचालन गर्दै आएका थिए । तर २०८० फागुन देखि हालसम्म बहाल बिटौरी शुल्क नबुझाएकाले सिल गरिएको हो ।

 

त्यस्तै,अर्को सटर चन्द्रागिरि २ कै कुमार भुर्तेलले २०७९ सालमा सम्झौता गरेदेखि अहिलेसम्म पनि कुनै शुल्क नबुझाएकाले सिल गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय