काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत जग्दिश चन्द्र नेपालीले सामुदायीक बिद्यालयको गुणस्तरमा बृद्धि हुनुपर्नेमा जोड दिएका छन ।

चन्द्रागिरि –७ स्थित प्रभात मा.बि.मा भइरहेको प्रारम्भिक बालविकास शिक्षा तालिमको अवलोकन गर्दै नेपालीले सामुदायीक बिद्यालयको पठनपाठन राम्रो हुने गरेको अनुभव सुनाए ।उनले तालिम लिईरहेका शिक्षिकाहरुलाई भने–‘तपाइहरुले लिएको तालिमले तपाईहरुको बृद्धि विकास भएको महसुस गरेको छु,एउटा सहयोग के गर्नुहोस भने बोर्डिङ स्कुल सुकाईदिनुस,यहाँ कोही बोर्डिङ स्कुलको हुनुहुन्छ भने अन्यथा नलिनुहोला ।’

बोर्डिङ स्कुलले कर तिरेको बिषयलाई मात्रै हेरेर राम्रो मान्न नसकिने बताए । सरकारी कर्मचारी र जनप्रतिनिधीले सामुदायीक बिद्यालयमा नै आफ्ना बच्चा पढाउनुपर्नेमा उनको जोड थियो । उनले प्रतिकात्मक उदाहरण दिदै उनले सरकारी स्कुल र बोर्डिङ स्कुललाई लोकल र बोईलर कुखुरासंग तुलना गरे । नगरक्षेत्रका सामुदायीक बिद्यालयका शिक्षक शिक्षिकाको बृद्धि विकास,सेवासुबिधा बृद्धि र शैक्षिक गुणस्तर सुधारका लागि आफु सदैव साथमा रहेको उनको भनाई छ ।

गत बैशाख ११ गतेबाट चन्द्रागिरि नगरपालिकाले प्रारम्भिक बालविकास शिक्षा तालिमको आयोजना गरेको हो ।तालिममा नगरक्षेत्रका २४ सामुदायीक बिद्यालयका तिन दर्जनभन्दा बढी शिक्षिकाहरुको सहभागिता रहेको छ ।

https://www.facebook.com/share/v/1FoSN4MT6b/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय