काठमाडौं । चन्द्रागिरि पत्रकार संघले पितृशोकमा रहेका चन्द्रागिरि पत्रकार संघका सदस्य एवं पत्रकार अखबर श्रेष्ठलाई समवेदना प्रकट गरेका छ ।
श्रेष्ठका पिता आनन्दमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संघले शोकाकुल परिवारजनमा सहानुभूति प्रकट गरेको हो ।संघका अध्यक्ष श्याम बलामी सहितको समुह बिहीबार चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल स्थित श्रेष्ठको निवासमा पुगेर दिवङ्गत आनन्दमान श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।संघका अध्यक्ष बलामीले यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्न र धैर्यधारण गर्न पत्रकार अखबर श्रेष्ठ र उनको परिवारलाई आग्रह गरे ।
आनन्दमान श्रेष्ठको ६२ वर्षको उमेरमा गत बैशाख १२ गते निधन भएको थियो।

