काठमाडौं ।चन्द्रागिरिको समग्र सामुदायीक बिद्यालयको एसईई नतिजामा सुधार आएको छ ।
चन्द्रागिरि नगरक्षेत्रका १७ सामुदायीक बिद्यालयमा एसईई २०८२ मा उत्तीर्ण प्रतिशत ७९.४३ रहेको हो । कंकाली मा.बि. पुरानो नैकापका छात्र आभाष सुवेदी 4 जिपिए सहित उत्तीर्ण भएका हुन ।
यस बर्षको एसईई को उत्तीर्ण नतिजामा गत शैक्षिक बर्षको भन्दा १.७९ प्रतिशतले सुधार अएको हो । गत शैक्षिक बर्ष २०८१ मा ७७.६४ प्रतिशत उत्तीर्ण नतिजा आएको हो । उक्त शैक्षिक बर्षमा ८ सय ५ जनाले परिक्षा दिएकोमा ६ सय २५ जना उत्तीर्ण भएका थिए ।
चन्द्रागिरि नगर क्षेत्रका २ सामुदायीक बिद्यालयले शतप्रतिशत उत्तीर्ण नतिजा ल्यायका छन । चन्द्रामगिरि -१० स्थित भैरवनाथ मा.बि.बाट परिक्षामा सामेल भएका ८ र चन्द्रागिरि -२ स्थित चण्डिभैरव मा.बि.बाट परिक्षामा सामेल भएका १८ जना बिद्यार्थी उत्तीर्ण भएका हुन ।

एसईई २०८२ मा १७ सामुदायीक बिद्यालयबाट कुल ८ सय ७ बिद्यार्थी परिक्षामा सहभागी रहेका थिए ।चन्द्रागिरिका सामुदायीक बिद्यालयबाट कुल ६ सय ४१ जना उत्तीर्ण भए ।

