काठमाडौं । चन्द्रागिरि नगरक्षेत्रका सामुदायीक बिद्यालयको एसईई नतिजा समग्रमा सुधार देखिएको छ ।
यस बर्ष एसइइमा ७९.४३ प्रतिशत उत्तिर्ण नतिजा आएको हो जुन, गत बर्ष भन्दा १.७९ प्रतिशतको सुधार हो । गत शैक्षिक बर्ष २०८१ मा ७७.६४ प्रतिशत उत्तिर्ण रहेको अवस्था थियो । समग्रमा यस्तो तथ्यांक भएपनि बिद्यालयगत रुपमा हेर्दा चन्द्रागिरिका केही सामुदायीक बिद्यालयको नतिजा सुधार देखिएपनि केहीको नतिजा भने निक्कै खराव देखिएको छ ।
यस बर्ष चण्डी भैरव मा.बिको नतिजामा सार्है सुधार देखिएको हो ।यस बर्ष यस स्कुलबाट १८ जना परिक्षामा सामेल भएकोमा १८ जनानै उत्तिर्ण भइ शत प्रतिशत उत्तिर्ण नतिजा निकालेको हो । गत बर्ष २५ जनाले परिक्षा दिएकोमा जम्मा १८ जना मात्र उत्तिर्ण भई ७२ प्रतिशत उत्तिर्ण नतिजा पाएको थियो ।
भैरव मा.बि.ले गत बर्ष र यस बर्ष पनि शतप्रतिशत उत्तिर्ण नतिजा निकालेको हो । गत शैक्षिक बर्ष २०८१ मा ६ र यस बर्ष ८ जनाले परिक्षा दिएकोमा शतप्रतिशत उत्तिर्ण नतिजा निकाल्न सफल रह्यो ।
बलम्वु मा.बि.को नतिजामा पनि सुधार आएको छ । यस बर्ष वलम्बु मा.बिले ९८.९१ प्रतिशत उत्तिर्ण नतिजा निकालेको हो । गत बर्ष वलम्वुको उत्तिर्ण नतिजा ९३.३३ प्रतिशत रहेको थियो । ९० बिद्यार्थी सहभागी भएको गत बर्षको परिक्षामा ८४ जना उत्तिर्ण भएका थिए भने यस बर्ष ९२ जना बिद्यार्थीले परिक्षा दिएकोमा ९१ जना उत्तिर्ण भएका हुन ।
चण्डीका देवी मा.बिको नतिजामा सुधार भएको हो । यस बर्ष यस स्कुलले ८३.३३ प्रतिशत उत्तिर्ण नतिजा निकालेको हो । गत शैक्षिक बर्षमा उतिर्ण नतिजा जम्मा ६०.७१ प्रतिशत मात्रै थियो । गत बर्ष यस स्कुलबाट २८ जनाले परिक्षा दिएकोमा १७ जना उत्तिर्ण भएका थिए । यस बर्ष भने २४ जनाले परिक्षा दिएकोमा २० जना उत्तिर्ण भएका छन ।
यस बर्ष मंगल मा.बिको नतिजामा सुधार आएको छ । २४ जना सहभागी भएकोमा २१ जना उत्तिर्ण हुदै ८७.५० प्रतिशत उत्तिर्ण नतिजा निकाल्न यो स्कुल सफल भएको छ ।गत बर्ष २५ जनाले परिक्षा दिएकोमा १५ जना मात्रै उत्तिर्ण भएका थिए । उत्तिर्ण प्रतिशत ६० प्रतिशत मात्रै थियो ।
यस बर्ष प्रभात मा.बिको उत्तिर्ण नतिजा प्रतिशत गत बर्षको हाराहारीमा नै देखिएको छ । यस बिद्यालयबाट यस शैक्षिक बर्ष २०८२ मा ७६.८३ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका हुन । ८२ जना बिद्यार्थीले परिक्षा दिएकोमा ६३ जना बिद्यार्थी उत्तिर्ण भएका हुन । गत बर्ष २०८१ मा यस बिद्यालयको उत्तिर्ण प्रतिशत ७७.२७ प्रतिशत रहेको थियो । उक्त बर्ष यस बिद्यालयबाट ६६ जनाले परिक्षा दिएकोमा ५१ जना उत्तिर्ण भएका थिए ।
बिष्णुदेवी मा.बि तिनथानाको उत्तिर्ण नतिजामा निक्कै सुधार भएको छ । यस बर्ष यस मा.बि.ले ९६.१५ प्रतिशत उत्तिर्ण नतिजा निकालेको हो जवकी गत शैक्षिक बर्षमा ५२.३८ प्रतिशत मात्रै उत्तिर्ण नतिजा रहेको थियो ।यस बर्ष यस स्कुलबाट २६ जनाले परिक्षा दिएकोमा २५ जना उत्तिर्ण भएका हुन । गत बर्ष ४२ जनाले परिक्षा दिएकोमा जम्मा २२ जना मात्रै उत्तिर्ण भएका थिए ।
त्यस्तै,भीम मा.बि को उत्तिर्ण नतिजामा सुधार देखिएको हो । यस बिद्यालयले यस बर्ष ८९.८३ प्रतिशत उत्तिर्ण नतिजा निकालेको हो । गत शैक्षिक बर्ष २०८१ मा यस बिद्यालय बाट ७५.६८ प्रतिशत मात्रै उत्तिर्ण नतिजा थियो ।यस शैक्षिक बर्ष २०८२ मा ५९ जना परिक्षामा सहभागी भएको यस बिद्यालयबाट ५३ जना उत्तिर्ण भएका हुन । गत बर्ष ३७ जनाले परिक्षा दिएकोमा २८ जना मात्रै उत्तिर्ण भएका थिए ।
त्यस्तै ,नारायण जन मा.बि.को उत्तिर्ण नतिजामा सुधार भएको हो । यस बिद्यालयले यस बर्ष ९५ प्रतिशत उत्तिर्ण नतिजा निकालेको हो । गत शैक्षिक बर्ष २०८१ मा यस बिद्यालय बाट ७९.१७ प्रतिशत मात्रै उत्तिर्ण नतिजा थियो ।यस शैक्षिक बर्ष २०८२ मा २० जना परिक्षामा सहभागी भएको यस बिद्यालयबाट १९ जना उत्तिर्ण भएका हुन । गत बर्ष २४ जनाले परिक्षा दिएकोमा १९ जना मात्रै उत्तिर्ण भएका थिए ।
जन कल्याण मा.बि को उत्तिर्ण नतिजामा कुनै परिवर्तन देखिएन । गत बर्ष र यस बर्ष यस स्कुलबाट समान ७५ प्रतिशत उत्तिर्ण नतिजा निकाल्न सफल भएको हो । गत बर्ष २८ जनाले परिक्षा दिएकोमा २१ जना उत्तिर्ण भएका थिए भने यस बर्ष २४ जना ले परिक्षा दिएकोमा १८ जना उत्तिर्ण भए ।
मंगलोदय मा.बिमा यस बर्ष ९५.५८ प्रतिशत उत्तिर्ण नतिजा आएको छ । गत बर्ष पनि यस स्कुलले ९४.९६ प्रतिशत उत्तिर्ण नतिजा निकालेको थियो । यस बर्ष यस मा.बि.बाट १ सय १३ जना परिक्षामा सहभागी रहेकोमा १ सय ८ जना उत्तिर्ण भएका हुन भने गत बर्ष १ सय १९ जना परिक्षामा सहभागी रहेका थिए,१ सय १३ जना उत्तिर्ण भएका थिए ।
बिद्यामन्दिर मा.बि को उत्तिर्ण नतिजा गत बर्ष र यस बर्ष उस्तै रह्यो । यस स्कुलमा यस बर्ष ७०.६९ प्रतिशत उत्तिर्ण नतिजा रह्यो भने गत बर्ष पनि ७०.८३ प्रतिशत उत्तिर्ण नतिजा रहेको थियो ।यस बर्ष यस स्कुलबाट ५८ जना परिक्षामा सहभागी रहेकोमा ४१ जना उत्तिर्ण भए भने गत बर्ष ४८ जनाले परिक्षा दिएकोमा ३४ जना उत्तिर्ण भएका थिए ।
विष्णुदेवी शिक्षा सदन मा.बि र श्रीकृष्ण मा.बिको उत्तिर्ण नतिजा पनि गत बर्ष र यस बर्ष उस्तै रह्यो । विष्णुदेवी शिक्षा सदन मा.बिमा यस बर्ष ७७.६३ प्रतिशत उत्तिर्ण नतिजा रह्यो भने गत बर्ष ७२.८६ प्रतिशत उत्तिर्ण नतिजा रहेको थियो । यस बिद्यालयबाट यस बर्ष ७६ जनाले परिक्षा दिएकोमा ५९ जना उत्तिर्ण भएका हुन भने गत बर्ष ७० जनाले परिक्षा दिएकोमा ५१ जना उत्तिर्ण भएका हुन ।श्रीकृष्ण मा.बिको यस बर्ष ७८.५७ प्रतिशत उत्तिर्ण नतिजा रहेको छ । यस बर्ष यस बिद्यालयबाट २८ जनाले परिक्षा दिएकोमा २२ जना उत्तिर्ण भए । गत बर्ष ४१ जनाले परिक्षा दिएकोमा ३० जना उत्तिर्ण भएका थिए । गत बर्ष यस स्कुलबाट ७३.१७ प्रतिशत उत्तिर्ण नतिजा आएको थियो ।
कंकाली मा.बि.मा यस शैक्षिक बर्षमा एक बिद्यार्थी फोर जिपीए सहित उत्तिर्ण भए ।यो सफलता चन्द्रागिरि नगरक्षेत्रको सामुदायीक बिद्यालयको एसईई नतिजाको ऐतिहासीक सफलता रह्यो र पनि कंकाली मा.बि.को उत्तिर्ण नतिजा भने नराम्ररी ओरालो लाग्यो ।यस बर्ष यस स्कुलबाट जम्मा ४८.३१ प्रतिशत मात्रै उत्तिर्ण नतिजा रह्यो ।यस बर्ष ८९ जनाले परिक्षा दिएकोमा जम्मा ४३ जना मात्रै उत्तिर्ण भए । गत बर्ष ७५ जनाले परिक्षा दिएकोमा ५९ जना उत्तिर्ण भएका थिए । बर्ष २०८१ मा यस स्कुलले ७८.६७ प्रतिशत उत्तिर्ण नतिजा निकालेको थियो ।
जन विकास मा.बिको नतिजा पनि खस्किएको छ । यस स्कुलबाट यस बर्ष ४४ जना परिक्षामा सामेल थिए,२८ जना मात्रै उत्तिर्ण हुन सफल भए । ६३.६४ प्रतिशत उत्तिर्ण भएको यस स्कुलमा गत बर्ष ९१.११ प्रतिशत उत्तिर्ण नतिजा रहेको थियो ।२०८१ मा यस स्कुलबाट ४५ जना बिद्यार्थीले परिक्षा दिएकोमा ४१ जना उत्तिर्ण भएका थिए ।
त्यस्तै,चुनदेवी मा.बि को एसईई नतिजा भने निक्कै खराव देखिएको छ ।यस बर्ष यस स्कुलबाट २२ जना बिद्यार्थी सहभागी भएकोमा जम्मा ४ जना मात्रै उत्तिर्ण भए । १८.१८ प्रतिशत मात्रै उत्तिर्ण नतिजा निकालेको चुनदेवीमा गत बर्ष ४४.४४ प्रतिशत उत्तिर्ण रहेका थिए । २०८१ मा यस स्कुलबाट ३६ जनाले परिक्षा दिएकोमा १६ जना मात्रै उत्तिर्ण भएका थिए ।

