काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले पछिल्लो समय चन्द्रागिरिको भाइरल भिडियोको बिषयमा आपत्ती जनाएका छन ।
केहि दिन अघि नगरपालिकाका नगरप्रहरी बिच हानाहान कुटाकुट भन्दै भिडियो सामाजिक संजालमा भाइरल भएको छ । बिहीबार चन्द्रागिरि ३ थानकोट स्थित थानकोट स्वास्थ्य चौकीको नव निर्मीत भवनको उदघाटन गर्दै गिरीले प्रविधीको दुरुपयोग गरी बनाइएका कन्टेन्ट भन्दै घोर आपत्ती जनाए । नगरप्रहरीको पोशाकलाई एआई प्रविधीबाट नेपाल प्रहरीको पोशाक बनाएर नगरप्रहरी र नेपाल प्रहरी बिच कुटाकुट भन्ने छनक दिने भिडियो बनाएर भ्रम श्रृजना गरेको उनको दाबी छ ।
नगरको बदनाम हुने गरी अनार्गल प्रचार नगर्न समेत उनले सम्बद्ध सबैलाई सचेत गराए ।नगरप्रहरीको कार्यकक्ष भित्र साथीभाई बिच भनाभन र सामान्य अवस्थामा भएको घटनालाई भिडियो बनाएर प्रविधीको दुरुपयोग गरी थप भ्रम श्रृजना गर्ने कार्य स्वीकार्न नसकिने उनको भनाई छ । पहिला/पहिला पनि यस्ता प्रबृती हुने गरेको र पछिल्लो समय अझै बढदै गएको भन्दै यस्ता भ्रममा नपर्न उनले नगरबासीलाई अनुरोध समेत गरेका छन ।

