काठमाडौं । नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको एकैसाथ सरुवा भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार डीएसपीहरूको सरुवा भएको जानकारी गराएको छ । प्रहरी बृत्त थानकोटको नेतृत्व डीएसपी दिपक बहादुर केसीले गर्नेछन । उनी गण्डकी प्रदेश प्रहरी कार्यालय प्रहरी नायव महानिरिक्षकको सचिवालय पोखरा बाट सरुवा भई थानकोट आउन लागेका हुन ।

स्याङ्जा जिल्लाको आँधीखोला गाँउपालिकामा जन्मिएका उनी २०६४ सालमा प्रहरी निरिक्षक दर्जा सहित  नेपाल प्रहरीमा प्रवेश गरेका थिए । यस अघि उनको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेको अनुभव समेत रहेको छ ।

प्रहरी वृत्त थानकोटमा कार्यरत डीएसपी एलिजा गिरीको भने नेपाल प्रहरी प्रधान कार्यालय, पिरमर्का छानविन शाखा नक्साल काठमाडौंमा सरुवा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय