काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ स्थित थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ ।

महोत्तरी घर भएका अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीको तरकारी काट्ने चक्कु प्रहार गरी हत्या भएको हो । चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदलाई पक्राउ गरेको छ । अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको हो । घटना हिजो,शनिबार रातीको हो । घरायसी विवादमा आफ्नो सालो नाता पर्ने मन्सुरीको अहमदले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलको एक अस्पतालमा लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय