काठमाडौं । सिरहामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले २७६ किलो गाँजा बरामद गरिएको हो ।शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयबाट करिब ३ सय मिटर पर रहेको झाडी क्षेत्रमा प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ११ वटा बोरामा प्याक गरेर लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो । प्रहरीले गाँजा कसले र कहाँबाट ल्याएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ ।

यता, मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरो) बरामद भएको छ ।सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै गरेको भेप सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा धादिङका सन्तोष लामा, सिन्धुपाल्चोकका फुन्चुदोर्जे तामाङ र पासाङ शेर्पा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय