काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको सुरुवातमा नै श्रम संस्कृति पार्टीले प्ले कार्डसहित प्रधानमन्त्री वालेन शाहको विरोध गरेको छ ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन् । प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने लगायतका माग श्रम संस्कृति पार्टीको छ ।यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री उपस्थित भएनन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।यही परिवेशमा प्रतिनिधी सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीले संसदमा नै प्ले कार्ड देखाएर विरोध जनाएको हो ।

संगै, सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन् ।सभामुखले भने, ‘श्रम संस्कृति पार्टीकोतर्फबाट माननीय सदस्यहरूले पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन गर्नुभयो’, उनले भने, ‘प्रतिनिधिसभाको यो सभा साच्चि नै महत्वपूर्ण हुने र कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो ।’

सभामुखले अर्यालले भनेका छन्, ‘त्यसकारणले विरोध गर्ने बिभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रुपमा पनि लिइदिन म जानकारी गराउँछु ।’

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय