काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा रहेका निजी बोरिङको बिषय पेचिलो बन्दै गएको छ ।

पहिले देखिनै धेरै संख्यामा निजी बोरिङ गरि पानीको व्यापार व्यवसाय हुदै गरेको यस वडामा पछिल्लो समय अनियन्त्रित रुपमा निजी बोरिङ हुन थालेको गुनासो पछि वडा कार्यालयको संयोजनमा मंगलबार निजी बोरिङको अनुगमन भएको हो ।वडाका जनप्रतिनिधी,वडा क्षेत्रमा रहेका बिभिन्न खानेपानी उपभोक्ता समितिमा पदाधिकारी,राजनितिकदलका प्रतिनिधी,नेपाल प्रहरी,चन्द्रागिरि नगरप्रहरी सहितको समुहले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा निजी बोरिङको आधिकारीकताका बिषयमा चेकजाँच हुने र निजी बोरिङका संचालकलाई आधीकारीकता पुष्टिका लागि एक साताको समय दिईने बताइएको छ । उक्त अवधीका आधिकारीकता पुष्टि गर्न नसके अनाधीकृत निजी बोरिङ बन्द गराइने वडा कार्यालयले जानकारी दिएको छ ।

 

वडा क्षेत्रका १ दर्जन भन्दा बढी निजी बोरिङ रहेको र ति बोरिङ र पानी व्यवसायका कारण वडा क्षेत्रमा रहेका पौराणिक पानीका मुहानहरु सुक्दै गएकोमा वडाले चासो नदिएको भन्दै आलोचना हुदै आएको थियो । यसै परिवेशमा वडा कार्यालयले सक्रियता देखाएको हो ।

चन्द्रागिरि नगरपालिकाले समेत गत बैशाख ३१ गते अनाधिकृत रुपमा गरिएका नयाँ निजी बोरिङ तत्काल बन्द गर्न सुचना समेत जारी गरिसकेको छ ।

https://www.facebook.com/share/v/18rU7Z4gbM/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय