काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कार्यबाहक नगरप्रमुख बसन्ती श्रेष्ठले लैंगिक हिंसाका बारेमा आफुले पनि जान्नु पर्ने र अरुलाई पनि सिकाउनु पर्ने बताएकी छन ।

चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिले नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा लैंगिक हिंसा,घरेलु हिंसा ,लागुऔषध दुव्र्यसन,साईबर क्राईम जस्ता बिषयमा जानकारी दिने उद्देश्यले संचालन गरिएको कानुनी सचेतना कार्यक्रममा न्यायिक समितिको संयोजक समेत रहेकी श्रेष्ठले हिंसा सहेर नबस्न र कानुनी उपचार खोज्न सकिने भन्दै कार्यक्रमबाट सिकेका कुरा आफुले पनि जान्नु पर्ने र अरुलाई पनि सिकाउनु पर्ने बताएकी हुन ।

 

न्यायिक समितिले नगरक्षेत्रका बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु कुलतमा नफसुन,लैंगिक हिंसामा नपरुन र सही बाटोमा अग्रसर रहुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । लैंगिक हिंसा,घरेलु हिंसा ,लागुऔषध दुव्र्यसन,साईबर क्राईम जस्ता बिषयमा के कस्ता कानुनी प्रवधानहरु रहेका छन र त्यस्ता हिंसाबाट बच्न के कस्ता उपाय अबलम्वन गर्नु पर्छ भन्ने जानकारी विशेषज्ञहरुले कानुनी सचेतना कार्यक्रममा दिएका थिए । बिहीबार चन्द्रागिरि –५ स्थित सनसाइन स्कुल सहित अन्य ६ वटा बिद्यालयमा कार्यक्रम संचालन भएको हो । सनसाइन स्कुलमा कक्षा १० मा अध्ययनरत ४५ जना भन्दा बढी बिद्यार्थी कार्यक्रममा सहभागि रहेका थिए ।

 

न्यायिक समितिले नगर क्षेत्रका १७ सामुदायिक सहित ४८ वटै बिद्यालयमा मेलमिलाप र कानुनी सचेतना कार्यक्रममा संचालन गर्ने बताइएको छ । साथै न्यायिक समितिले नगरपालिकामा रहेको न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे का साथै स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समितिको कार्यक्षेत्र, उजुरी दर्ता प्रक्रिया, मेलमिलापको व्यवस्था तथा समुदायस्तरमा हुने सामान्य विवादहरूको समाधानका विषयमा पनि कार्यक्रम मार्फत जानकारी गराउने छ ।

https://www.facebook.com/share/v/1EEDrDuNso/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय