काठमाडौं । चन्द्रागिरि नगरपालिकाको आर्थिक बर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

बिहीबार चन्द्रागिरि नगरपालिकाको प्रशासकिय भवनको सभाहलमा नगरसभाको १८ औं अधिवेशनको बैठकले आर्थिक बर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो । आ.व. २०८३/२०८४ को नीति तथा कार्यक्रममा विषयगत क्षेत्र र उपक्षेत्रगत बिषयहरु समेटिएका छन ।

 

मुलतः आर्थिक क्षेत्रमा कृषि,पशुपंक्षि,सिंचाई,उद्योग व्यापार तथा व्यवसाय,पर्यटन,भुमि व्यवस्था,सहकारी तथा वित्तीय सेवा,श्रम रोजगार तथा गरिवी निवारण बिषय समेटिएका छन।

त्यस्तै,सामाजिक क्षेत्र अन्तर्गत महिला,वालवालिका तथा सामाजिक समावेशीकरण,अपाङ्गता,जेष्ठ नागरिक,दलित तथा सामाजिक समावेशीकरण,संघसंस्था,आयुर्वेद जस्ता बिषय समेटिएको छ । नीति तथा कार्यक्रममा शिक्षा खेलकुद तथा यूवा,स्वास्थ्य तथा पोषण,खानेपानी तथा सरसफाई,सामाजिक सुरक्षा तथा पञ्जिकरण,भाषा तथा संस्कृतिका बिषय समेटिएको छ ।

पूर्वाधार क्षेत्र अन्तर्गत भवन आवास तथा बस्ति विकास,सडक पुल तथा यातायात,जलश्रोत,बिद्युत तथा स्वच्छ उर्जा,सुचना तथा संचार प्रविधीका बिषय समेटिएको छ । साथै बन तथा वातावरण क्षेत्रमा बन भुसंरक्षण तथा जैविक बिविधता,वातावरण संरक्षण तथा फोहोर व्यवस्थापन,विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन जस्ता बिषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ ।

त्यस्तै,सुशासन तथा संस्थागत विकास क्षेत्र अन्तर्गत नीति,कानुन,न्याय तथा सुशासन,संगठन तथा क्षमता विकास,जनशक्ति व्यवस्थापन र सेवा प्रवाह,तथ्यांक प्रणाली,योजना र विकास व्यवस्थापनका बिषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय