काठमाडौं । चन्द्रागिरि नगरपालिकाले अतिक्रमित जग्गा खाली गर्न पटक पटक सुचना जारी गर्दा पनि अटेर गरेपछि आज डोजर चलाईएको हो ।

 

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा पर्ने नागढुङ्गा–झ्याप्लेखोला–सिस्नेखोला सम्मका करिव ३ दर्जन घर टहरा हटाईएको छ । कतिपयले आफैले घर टहरा हटाएका छन भने अटेर गर्ने करिव २ दर्जन टहरामा डोजर चलाईएको हो । घर टहराका साथै सार्वजनिक जग्गामा बिना अनुमती राखिएका होड्रिङ बोर्डपनि हटाइएको हो ।

 

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले सार्वजनिक जग्गा अतिक्रमण बिरुद्धको अभियान सुरु भएको भन्दै आगामी दिनमा थप प्रभावकारी रुपमा अघि बढने बताए । सार्वजनिक जग्गाको लगत संकलन भईरहेको बताउदै उनले पहिलो चरणमा सिस्नेखोला नागढुंङ्गा सडक किनारका अतिक्रमित जग्गा खाली गरिएको र अबका दिनमा नागढुङ्गा कलंकी सडक किनारका अतिक्रमीत जग्गा खाली गराईने बताए । संघिय सरकारको कार्यआदेश बमोजिम अतिक्रमित सार्वजनिक जग्गा खाली गराइएको उनले प्रष्ट परे । उनले यस अभियानमा सहयोग गर्ने नगरबासी,सुरक्षानिकाय,पत्रकार लगायतलाई धन्यवाद दिए ।

 

घर टहरा खाली गराईएकाहरुले नगरक्षेत्रका धेरै स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै कानुन सबैलाई बराबर हुनु पर्ने र त्यस्ता अतिक्रमीत जग्गा खाली गराइनु पर्नेमा जनप्रतिनिधीलाई सचेत गराएका थिए । केहिले भने आफै घर टहरा खाली गरी अभियानलाई साथ दिएका थिए भने केहिले भने आक्रोश समेत व्यक्त गरेका थिए ।

 

अन्ततः काठमाडौं प्रवेश गर्ने मुख्य नाका र चन्द्रागिरि नगरपालिकाको महत्वपूर्ण स्थानको रुपमा परिचित सिस्नेखोला–झ्याप्लेखोला–नागढुंङ्गा सडक किनारका अतिक्रमीत सार्वजनिक जग्गा खाली भएको छ ।

https://www.facebook.com/reel/988022213940453

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय