काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ ले थानकोटमा रहेको नेपाल परम्परागत कुङ्ग–फू समाजलाई खेलकुद सामाग्री सहयोग गरेको हो ।
वडा कार्यालयले बक्सिङ्ग ग्लोव ४ जोर,फोक्सिङ्ग प्याड २ जोर र जोईन म्याट २० थान सहयोग गरेको हो । वडा क्षेत्रमा रहेको समाजका खेलाडीको मेहनत र लगनशिलताले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा पदक प्राप्त गरेका खेलाडीहरुले वडाकै इज्जत र प्रतिष्ठा उच्च बनाएको भन्दै सहयोग गरिएको वडा नम्बर ३ का वडाध्यक्ष दुर्गालाल महर्जनले बताए । अघिल्ला बर्षहरुमा पनि वडाले सहयोग गरेको जानकारी दिदै उनले भने ‘आवश्यक अन्य सहयोग गर्न तयार छौं ।‘
२०६५ साल देखि थानकोटमा रही खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको कुङ्ग–फू समाजले हाल थानकोट क्षेत्रका २ सय खेलाडीलाई प्रशिक्षण दिदै आएको मुख्य प्रशिक्षक चन्द्रप्रसाद महर्जनले जानकारी दिए । खेल सामाग्री सहयोग पाएसंगै खेलाडी तथा प्रशिक्षकले भने ‘वडा परिवारलाई धन्यवाद ।’

