काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिको दोश्रो पुर्ण बैठकले बिभागिय प्रमुख तथा संयोजक नियुक्ति गरेको हो ।
शुक्रबार बसेको बैठकले सामाजिक न्याय लैङ्गिक समानता तथा समावेशी विभाग प्रमुखमा चन्द्रागिरि –७ की सिमा कार्की,र्याट विभाग प्रमुखमा चन्द्रागिरि–१३ का रवि भुजेल,अभियान तथा प्रचार प्रसार विभागको प्रमुख पदमा चन्द्रागिरि –१२ का नारायण प्रसाद सिग्देल र पूर्वाधार विभागको प्रमुख पदमा चन्द्रागिरि –८ का मनोज घिमिरेलाई नियुक्ति गरेको हो ।
त्यस्तै, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागको प्रमुखमा चन्द्रागिरि –२ का रञ्जित घिमिरे,मानव पुँजी स्वयं सेवक तथा प्रसाशन विभागको प्रमुख पदमा चन्द्रागिरि –६ की पूर्णिमा थापा र सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुख पदमा चन्द्रागिरि –१२ का ईश्वर के सी नियुक्त भएका हुन ।

साथै,विज्ञान सूचना प्रविधि तथा नव प्रवर्तन स्टार्ट अप विभागको प्रमुख पदमा चन्द्रागिरि –१२ का राजन प्याकुरेल,जन स्वस्थ्य विभाग प्रमुख पदमा चन्द्रागिरि –१० की सविना गिरी,वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुख पदमा चन्द्रागिरि –१३ का युवराज सुवेदी र उद्योग वाणिज्य तथा लगानी विभागको प्रमुख पदमा चन्द्रागिरि –९ का भरत आचार्य नियुक्त भएका हुन ।
नियुक्त बिभाग प्रमुखहरुलाई रास्वपा चन्द्रागिरि नगर समिति सभापति जनार्दन केसीले पद तथा गोपनियताको शपथ दिलाएका थिए । उनले नियुक्त भएका विभाग प्रमुखहरुले पार्टीको विधान,नीति सिद्धान्त र विभागको नियमावली तथा कार्यविधी बमोजिम पदिय जिम्मेवारी निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

