(जेनजी आन्दोलनमा चन्द्रागिरि नगर क्षेत्रका सुरक्षा संयन्त्रका भौतिक संरचनामा ७ करोडको क्षति, १७ जना पक्राउ)
काठमाडौं ।चन्द्रागिरि नगर क्षेत्रमा जेनजी आन्दोलनका क्रममा सुरक्षा संयन्त्रका भौतिक संरचनामा ७ करोडको क्षति भएको प्रहरीले जानकारी दिएको हो ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा यूवाहरुको ज्यान गएपछि भदौ २४ गते सुरक्षा संयन्त्रका भौतिक संरचनाहरुमा आक्रमण तथा आगजनी भएको थियो । उक्त कार्यमा संलग्न भएको भन्दै १७ जना पक्राउ परेका छन ।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्वुको संयुक्त आयोजनामा चन्द्रागिरि –८ को वडा प्रङ्गणमा शुक्रबार आयोजित नागरिक सुनुवाई कार्यक्रममा उक्त जानकारी दिइएको हो । कार्यक्रममा चन्द्रागिरि नगरक्षेत्रका प्रहरीले आ.व. २०८२/८३ मा भए गरेका कार्यको विवरण प्रस्तुत गरिएको हो ।
आ.व. २०८२/८३ मा अपराध अनुसन्धान तर्फका २ सय २१ मुद्धा परेकोमा १६३ फर्छयौट भएको जानकारी दिईएको हो ।सबैभन्दा बढी लागुऔषधमा ६७ जना पक्राउ परेका छन ।सवारी ज्यान मुद्धा ७,चोरीका ४२,ज्यान मार्ने उधोगका ४,बैङकिङ कसुरका ७६ र जवरजस्ती करणीका १५ मुद्धा परेका हुन ।प्रहरीले उक्त अवधीमा २७ जना फरार प्रतिबादी पक्राउ गरेको छ । फैसला कार्यान्वयन २७७ जना मध्ये ६९ जना पक्राउ परेकाछन ।
त्यस्तै, ठाडो उजुरी तर्फका ७ सय ५० उजुरी परेकोमा ७ सय ५ वटा फर्छयौट भएको जानकारी दिईएको हो । घरेलु हिंसा,ठगी,झै–झगडा,चोरी,गालिगलौज कुटपिट लगायतका शिर्षकमा ठाडो उजुरी परेको हो ।फैसला कार्यान्वयनबाट ३० लाख १५ हजार जरिवाना प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । यो अवधीमा ५ सय ८३ उजुरी परेको र ५ सय ५९ वटा उजुरी फस्चौट भएको छ ।यो अवधीमा चन्द्रागिरि नगरक्षेत्रमा सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको प्रहरीले बताएको हो ।

