काठमाडौं । चन्द्रागिरि नगरपालिकामा चालु आर्थिक बर्षको पहिलो महिनामा पौने २ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
चालु आर्थिक बर्षको साउन ३१ गते सम्म नगरपालिकामा १ करोड ७५ लाख ४६ हजार १ सय ७ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाको राजश्व शाखाले जानकारी दिएको हो । चालु आर्थिक बर्षको आज भाद्र २ गते सम्म नगरपालिकामा १ करोड ७९ लाख २६ हजार ६ सय ७ रुपैयाँ राजश्व संकलन भएको छ ।
सबैभन्दा बढी राजश्व सम्पती कर शिर्षकमा संकलन भएको हो । सम्पती कर बापत आजसम्म ५७ लाख ७५ हजार ४ सय ४४ रुपैयाँ राजश्व संकलन भएको हो । नक्सा पास दस्तुरमा ३८ लाख ७३ हजार २ सय १४,सिफरिस दस्तुर शिर्षक अन्तर्गत २८ लाख ४९ हजार ९ सय ७२ रुपैयाँ राजश्व संकलन भएको हो । त्यस्तै वहाल कर शिर्षकमा १८ लाख ३७ हजार २ सय १८, व्यवसाय कर शिर्षकमा १३ लाख ९३ हजार २ सय ५० रुपैयाँ राजश्व संकलन भएको हो । भुमिकर मालपोत शिर्षकमा ९ लाख ८७ हजार २२ रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क अन्तर्गत ७ लाख ८७ हजार ८ सय ५५,परिक्षा शुल्क अन्तर्गत २ लाख १३ हजार र अन्य दस्तुरमा १ लाख ५१ हजार ८ सय ५० रुपैयाँ राजश्व संकलन भएको हो । नगरपालिकाले बिभिन्न १७ शिर्षकमा राजश्व संकलन गर्दै आएको छ ।
चालु आर्थिक बर्षको असोज मसान्त सम्ममा कर तिर्ने करदाताको लागि कुल कर रकममा २५ प्रतिशत छुट दिईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर