काठमाडौं । चन्द्रागिरि–३ स्थित थानकोट आधारभुत स्वास्थ्य सेवा केन्द्रमा चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी सरोकारवालाहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षण बारे जानकारी दिदै समुदायको भुमिकाबारे प्रष्ट पारिएको हो ।समुदायमा अनपेक्षित वा असामान्य स्वास्थ्य सम्बनिधत घटना देखिएमा नकारात्मक असर पर्न सक्ने तर्फ सचेत गराउदै यस्तो अवस्थामा आम नागरिक, महिला समुदायीक स्वयंसेविका र सामाजिक अगुवाहरुको भुमिका महत्वपूर्ण हुने तर्फ जानकारी गराईएको हो ।
अनपेक्षित जनस्वास्थ्यका घटना देखिएमा सरोकारवालाहरुले नजिकको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई जानकारी गराउने साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्य १११५ मा फोन गरि जानकारी गराउने लगायतका बिषयमा अभिमुखीकरण कार्यक्रममा जानकारी दिईएको हो ।

