काठमाडौं ।चन्द्रागिरि नगरक्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिन आउने मध्ये करिव ७० प्रतिशत भन्दा बढी भाइरल ज्वरोका विमारी आउने गरेको चिकित्सकहरु बताउछन ।
केही समययता भाइरल ज्वरोका बिरामी बढ्दैछन । यसै सन्दर्भमा चन्द्रागिरि मेट्रोको समुहले भाईरल ज्वरो,लक्षण,सर्तकहुनु पर्ने अवस्था लगायतका बिषयमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ मा रहेको थानकोट आधारभुत स्वास्थ्य सेवा केन्द्रका डाक्टर जियाआचार्य संग भाइरल जवरोको बिषयमा चासो राखेका हौ । भाइरल सङ्क्रमणमा प्रायः गरेर हल्का वा धेरै (१०२ डिग्री फरेनहाइटसम्म) ज्वरो आउने, शरीरका मांसपेशीहरु दुख्ने, टाउको दुखाइ, कमजोरी, सिंगान बग्नु र खोकी आदि लक्षणहरू देखा पर्छन् ।
यस प्रकारको लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्थाअनुसार परिवर्तन हुनसक्छ ।भाइरल ज्वरो सामान्यतया तीनदेखि चार दिनभित्र आफैं निको हुन्छ । निको नभएको खण्डमा भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ । यस्तोमा भाइरल ज्वरोको समस्यामा अस्पताल नजाँदासम्म ज्वरोलाई कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर