फोटो:अतुल पाठक
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ स्थित यातायात कार्यालय, गुर्जुधारामा नयाँ क्याफे AROMA FALCHA भोलि (भदौ ३ गते)देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

२ रोपनी भन्दा बढी जग्गामा संरचना सहितको क्याफेले ग्राहकहरूलाई आरामदायी वातावरणमा विभिन्न प्रकारका खानेकुरा तथा पेय पदार्थको स्वाद लिन सक्ने सुविधा उपलब्ध गराउने संचालक सुरज बलामीले जानकारी दिए ।क्याफेमा एकैपटक १ सय जना भन्दा बढी आगन्तुकहरुलाई सेवा दिन सकिने संचालक बलामीले बताए । गुर्जुधाराको यातायात क्षेत्रमा आउने सेवाग्राही, विद्यार्थी, स्थानीय बासिन्दा तथा अन्य ग्राहकलाई लक्षित गर्दै क्याफेले सहज र आकर्षक वातावरणमा गुणस्तरीय सेवा र स्वादिष्ट परिकार उपलब्ध गराउने छ ।

गुरुजुधारा क्षेत्रको नै आधुनिक क्याफे भनि दाबी गरिएको मा AROMA FALCHA ले आफ्नो उद्घाटनसँगै ग्राहकलाई गुणस्तरीय सेवा र स्वादिष्ट परिकार उपलब्ध गराउने तयारी गरेको छ।
क्याफे सञ्चालकका अनुसार भोलि भदौ ३ गते बिहानदेखि नियमित रूपमा सेवा सुरु हुनेछ।
नयाँ क्याफे सञ्चालनमा आएसँगै गुर्जुधारा क्षेत्रमा खानपिन तथा भेटघाटका लागि थप एउटा आकर्षक गन्तव्य थपिने अपेक्षा गरिएको छ।

