काठमाडौं । नेपाली कांग्रेसको १५ औं अधिवेशन अन्तर्गत चन्द्रागिरि नगरपालिकाका १५ वटै वडामा,वडाअधिवेशन सम्पन्न छ । अधिवेशनले वडा कार्यसमिति चयन गरेको छ ।
आईतबार वडा नम्बर ३,४ र ९ मा वडा अधिवेशन सम्पन्न भएसंगै सबै वडामा वडा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले वडा नम्बर ३ मा सभापतिमा निरज महर्जनलाई चयन गरेको हो भने वडा नम्बर ४ मा सभापतिमा अमृत लामा चयन भएका हुन त्यस्तै आज सम्पन्न भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मा सभापतिमा संजीव महर्जन चयन भएका हुन ।
असोज ३ गते शनिबार चन्द्रागिरि नगर क्षेत्रका १२ वटा वडामा अधिवेशन सम्पन्न भएको थियो । जस अनुसार वडा नम्बर १ मा जगन्नाथ कार्की,वडा नम्बर २ मा किरण पोखरेल वडा नम्बर ५ मा दिपक कुमार महर्जन सभापतिमा चयन भएका हुन । वडा नम्बर ६ मा शान्त उदास, वडा नम्बर ७ मा हरि केसी र वडा नम्बर ८ मा बेखालाल महर्जन वडा सभापतिमा चयन भएका हुन ।
त्यस्तै,वडा नम्बर १० मा पूर्ण महर्जन,वडा नम्बर ११ मा सिंह बहादुर महर्जन,वडा नम्बर १२ मा प्रदिप अधिकारी वडा सभापतिमा चयन भएका हुन । वडा नम्बर १३ मा राजकुमार बोगटी,वडा नम्बर १४ मा रामहरि बस्नेत र चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ मा सुमन थापा सभापति चयन भएका हुन ।
नेपाली कांग्रेस १५ महाधिवेशन कार्यतालिका अनुसार आउदो असोज ७ गते बुधबार नगरपालिका अधिवेशन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय