चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका वडा नं. १० र ११ अन्तर्गत सतुंगल क्षेत्रमा वितरण भइरहेको खानेपानी धमिलो आएपछि उपभोक्तालाई पानी शुद्धीकरण गरेर मात्र उपभोग गर्न आग्रह गरिएको छ।

वडा स्तरीय खानेपानी तथा सरसफाइ समन्वय उपभोक्ता समितिको बोरिङबाट फिल्टर गरी वितरण गरिने पानी तथा मातातीर्थ ख्वाङल्वाङ मुहानबाट आउने पानी केही दिनदेखि धमिलो आएको जनाइएको छ।

यस अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित वडाअन्तर्गतका सम्पूर्ण उपभोक्ता तथा सार्वजनिक धाराको पानी प्रयोग गर्ने नागरिकलाई पानी राम्रोसँग फिल्टर गरी उमालेर मात्र पिउन सूचनामार्फत अनुरोध गरिएको छ।

खानेपानीको गुणस्तरमा समस्या देखिएकाले उपभोक्ताले सावधानी अपनाउन र पानीको सुरक्षित प्रयोगमा ध्यान दिन आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय