काठमाडौं । स्वास्थ्य सेवा प्रवाह तथा व्यवस्थापनका क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये चन्द्रागिरि नगरपालिका स्वास्थ्य सेवाका विभिन्न सूचकहरूको मूल्याङ्कनमा प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा गरेको थियो । उक्त समीक्षामा निर्धारित स्वास्थ्य सेवासम्बन्धी विभिन्न सूचकहरूको आधारमा मूल्याङ्कन गर्दा चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लाकै पहिलो स्थानीय तह बन्न सफल भएको हो । जनस्वास्थ्य कार्यालय काठमाडौको आयोजनामा काठमाडौ जिल्ला अन्तर्गतका स्थानीय तहहरुको आर्थिक बर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य क्षेत्रको समग्र मुल्यांकन गर्दा चन्द्रागिरी नगरपालिका ले ७५% प्राप्त गर्दै प्रथम स्थान हांसिल गरेको हो ।
(जिल्ला स्तरीय वार्षिक समीक्षामा चन्द्रागिरि नगरपालिका पहिलो, स्वास्थ्य सेवाका विभिन्न सूचकमा उत्कृष्ट कार्यसम्पादन)
नगरपालिकाले स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन तथा विभिन्न स्वास्थ्य सूचकमा गरेको कार्यसम्पादनको मूल्याङ्कनस्वरूप यो उपलब्धि प्राप्त गरेको जनाइएको छ ।
प्रथम स्थान हासिल गरेसँगै जनस्वास्थ्य कार्यालय काठमाडौंले चन्द्रागिरि नगरपालिकालाई बधाई दिँदै आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रम र गतिविधिलाई थप निरन्तरता दिन अपेक्षा गरेको छ ।
स्वास्थ्य क्षेत्रमा प्राप्त यो उपलब्धिले चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन र सेवा प्रवाहमा भएका प्रयासलाई जिल्ला स्तरमा स्थापित गरेको छ ।
यस उपलब्धिलाई कायम राख्दै नगरवासीलाई थप गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु नगरपालिकाका लागि आगामी चुनौती र अवसर दुवै बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय