काठमाडौं ।संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात १५ औं प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिएका छन । गणतन्त्र स्थापना संगै २०६५ जेठ १५ गते गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए । त्यसपछि पुष्पकमल दाहाल ३ पटक, केपीओली अहिलेसम्म ४ पटक,शेरबहादुर देउवा २ पटक,माधवकुमार नेपाल, झलनाथ खनाल ,खिलराज रेग्मी,बाबुराम भट्टराई,सुशील कोइराला १/१ पटक प्रधानमन्त्री भएका हुन ।

यो १६ बर्षको अवधिमा देशले १५ वटा कार्यकारी प्रमुख (प्रधानमन्त्री) पाइसकेको छ । राजनितिक अस्थिरताको यो चरम पराकाष्ट भन्दा अतियुक्ति नहोला । त्यसोत देश संघियतामा गएसंगै कैयौ संख्यामा संघ,प्रदेश र स्थानिय तहमा सरकार प्रमुखहरु बने ।स्थानिय तहका सरकारमा राजनितिक स्थीरता देखिएपनि संघको राजनितिक अस्थीरताले त्यस्को धक्का प्रदेश र स्थानीय तहमा महसुस हुदै आयो ।सरकार संचालनका लागि अंक गणितीय तालमेल मिल्नु पर्ने तिकडमले नै नेपालमा गएको १६ बर्षमा १५ सरकार प्रमुखको फेरबदल भयो ।

राजनितिक अस्थीरता र सरकार परिवर्तनबाट आजित भएका नेपाली जनताले एक स्थीर र भरपर्दो सरकारको अपेक्षा गरेको धेरै भईसकेको छ यद्धपि त्यस्ले सार्थकता पाउन सकेको छैन । पछिल्लो समय केहि साना दलहरुले त्यस्को भरपुर फाइदा उठाए ।संसदमा कुनैपनि दलको स्पष्ट बहुमत नभएको पछिल्लो समयमा संसदमा तेश्रो दलको रुपमा स्थापीत माओबादी केन्द्रले त्यहि अंकगणितीय संरचना र पहिलो र दोश्रो दलले एक अर्काको अस्थित्व स्वीकार नगरेको अवस्थाको फाइदा उठाउदै देशको बागडोरको हर्ताकर्ता भएर देशमा शासन गर्यो ।कहिले कांग्रेसको साथमा शासन गर्यो,कहिले एमालेको साथमा ।

अन्ततः यी दुबै दलले पाएको धोका र राजनितिक स्थायित्व बिना देश बिकास संभावना छैन भन्ने बुझेर एकै ठाँउमा उभिएको अहिलेको परिस्थितीले देशमा अब राजनितिक स्थायित्व कायम हुन्छकी ? भन्ने आश पलाएको छ ।तर राजनितिक स्थायित्वको आशले कतिको साथर्कता पाउने हो त्यो भने हेर्न बाँकी छ । काग्रेस, एमाले सहित ४ दलको समर्थनमा प्रधानमन्त्री बनेका ओली र कांग्रेस बिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ तर नेपालको राजनितिमा कस्ले,कस्लाई अनि कहिले धोका दिनेहो त्यस्को अनुमान गर्न मुस्कील पर्छ ।

राजनितिक अस्थिरतामा सरकारमा आफ्नो हैसियत खोज्ने साना दलको प्रवृृति या भनौ च्याँखे थाप्ने प्रवृतिको उपज हो यो गठबन्धन । यो गठबन्धनले निर्वाचन प्रणाली परिमार्जीत गर्ने ,स्थानिय तहको संख्या घटाउने,समानुपातिक प्रणालीमाथी पुनर्बिचार गर्ने गरि संबिधान संसोधन गर्ने सम्मको सहमति गरेको बताइएको छ ।

यो १६ बर्षमा भएको राजनितिक अस्थिरताको अन्त्य गर्ने गरि यो गठबन्धनले काम अगाडि बढाउन सके जनताको आशले सार्थकता पाउने छ होईन भने सरकार परिवर्तनका खेलले आजित भएका जनताको आश र भरौसाको अवशान गर्ने छ । त्यसो त दुई फरक बिचार र सिद्धान्त बोकेका ठुला दल कंग्रेस र एमालेको यो गठबन्धनले भने जनतामा आशा भने पक्कै जगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय