काठमाडौं । लायन्स क्लब अफ काठमाडौं, घाँसी नेपालले शुक्रबार चन्द्रागिरि – ८ को एक बनमा बृक्षरोपण गरेको छ ।
क्लबले चन्द्रागिरि –८ मातातीर्थमा रहेको जमुना डाँडा सामुदायीक बनमा मातातिर्थ मल्पी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहकार्यमा बृक्षरोपण गरेको हो ।कपुरका २, धुपीका ५,कोइरालाको ४, झर्राैको ४, जगराण्डाको ४, कल्कोको ४ टोरोलासाको १५ र चापका ४ बिरुवा गरि ४२ बिरुवा बृक्षरोपण गरिएको घाँसी नेपालको अध्यक्ष मिना शाक्यले जानकारी दिइन ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रल्हाद रिजालले लायन्स क्लबले गरेको सामाजिक कार्यको प्रशंसा गरे ।उनले बृक्षरोपण कार्यक्रमलाइ सकारात्मक रुपमा लिदै रोपियका बिरुवाको हेरचाह, मलजल,गोडमेल र संरक्षणमा जोड दिन आयोजकको ध्यानाकर्षण गराए ।

उनले यस्ता खाले कार्यक्रमका लागि विशेष योजना बनाइ वडासंगको सहकार्यमा दिर्घकालिन योजना बनाउन क्लबलाई आग्रह गरे ।जमुना डाँडा सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष भरत खवासले अहिले बन क्षेत्रमा जडिबुटीका बिरुवाहरु लगाइदै गरिएको र बन क्षेत्रलाइ मातातीर्थ हर्वल गार्डेनको रुपमा परिस्कृत गर्दै लाने क्रममा क्लबले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताए ।

क्लबका पदाधिकारीहरुले आगामी दिनमा क्लबले गर्ने कार्यक्रमको दिर्घकालीन योजना बनाइ सहकार्यका लागि एमओयु नै गर्ने गरि कार्ययोजना बनाउने लक्ष्य रहेको बताए ।

कार्यक्रममा खानेपानी समितिका अध्यक्ष एवं लियो रामराजा थापाले बृक्षारोपण कार्यमा सरिक हुने सबैलाई धन्यवाद व्यक्त गरे ।

