काठमाडौं । चन्द्रागिरि नगरपालिका – ४ मा रहेको एक होटलको पार्किङमा अज्ञात समूहले आगजनी गरेको छ ।

https://fb.watch/trgn_wbc8E/

शुक्रबार राति रोयल चन्द्रागिरि इनमा अज्ञात समूहले पार्किङ क्षेत्रमा आगो लगाइदिएको हो । आगलागीबाट ५ वटा मोटरसाइकलमा क्षति पुगेको छ ।रातको समयमा बिष्फोटको आवाज आएपछि हेर्दा आगो दन्कीरहेको होटल संचालकले बताए । उक्त समयमा उक्त स्थानमा ९ वटा मोटरसाइकल पार्किङमा रहेको र अन्य मोटरसाइकललाइ सुरक्षीत स्थानमा सारीएकाले ३ वटा मोटरसाइकल पूर्ण र २ वटा मोटरसाइकल सामान्य क्षति भएको उनको भनाइ छ ।होटल संचालकले घटनाको जानकारी प्रहरी वृत्त थानकोटमा गराएको उजुरी दिएको बताएका छन ।

शुक्रबार राति करिव साढे १ उक्त घटना भएको हो ।घटनास्थल वरिपरि भएका अन्य होटलको सीसीक्यामराको अनुसन्धानबाट घटनामा ५ जना संलग्न रहेको निजहरुले मोटरसाइकल पार्किङ गरी राखिएको स्थानमा आगो फालेर भागेको देखिएको प्रहरीले जानकारी दिएको छ ।यद्धपी यो समाचार तयार पार्दासम्म केही पक्राउ परेका छैनन ।घटनामा संलग्नलाइ चाडै पक्राउ गरि कानुनी दायरामा ल्याई सुरक्षित रुपमा ब्यवसाय संचालन गर्ने वाताबरण बनाउन व्यबसायीले सम्बन्धीत पक्षलाई आग्रह गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर