काठमाडौं । शनिबार हिमगिरी प्रालि उद्योगकाे आतिथ्यता गर्न बिराटनगर गएका हरिबंश आचार्यकाे आईतबारअचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पाताल पुगे र त्यहाबाट विराट नर्सिंग होम e n t department मा उपचार भएकाे हाे ।उनले सामाजिक संजाल मार्फत अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे जानकारी दिएका छन ।
उनले लेखेका छन -अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पाताल पुगे र त्यहाबाट विराट नर्सिंग होम e n t department मा उपचार हुदैछ र म सामान्य अबस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेशरहरु सामान्यै थिए । धेरैलाइ High blood pressure को कारणे होकि भन्नेले चिन्तित तुल्याएछ ।नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भईसकेको छ र अहिले सामान्य अबस्थामा श्वास्थ लाभ गरीरेको छु ।उपचारको क्रममा बिराट नरसिङ्ग होम परिबार ,डा .राजिब शाहको चिकित्क टिमलाइ धन्यबाद दिन चाहन्छु ।
मेरो श्वास्थ प्रति चासो ब्यक्त गर्दै कोसि प्रदेशका मुख्य मन्त्री ,माननिय हिकमत कार्किज्यु प्रति आभारी छु साथै हिमशिखर उध्योग प्रा लि का आदरणिय सदश्यज्युहरु र कर्मचारीज्युहरुले गर्नु भएको माया ,सद्भभाब र सहयोग प्रति आभारी छु । देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी र संम्पुर्ण पत्रकार जगतलाइ मेरो स्वास्थ्य प्रति यतिधेरै सद्भाब प्रकट गरिदिनु भएकोमा आभारी छु ।

प्रतिक्रिया

सम्बन्धित खवर