काठमाडौं। आज साउनको पहिलो सोमबार।साउन र सोमबारलाई हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवको प्रिय महिना मानिन्छ। साउन महिना र सोमबार शिवको स्तुति गर्नाले मानव तथा चराचर जगतका लागि कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ।

यस दिन हिन्दु धर्मावलम्बीहरुले भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाएर पूजाअर्चना गर्दछन् ।हिन्दु पुराणहरूमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ ।साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष। अन्य बारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ।

आज देशभरका शिवालयहरूमा श्रद्धालुहरूको ठूलो भीड लाग्दछ। आज बोलबम तीर्थयात्रीहरूले पनि शिवालयहरूमा गई भगवान् शिवलाई जल चढाउने गर्दछन्।
चन्दनभराटेश्वर महादेव मन्दिरमा दर्शनार्थीकाे घुईचाे
https://fb.watch/ttPt3fFKeD/
चन्द्रागिरि नगर क्षेत्रकाे पर्सिद्ध धार्मिक स्थल चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेकाे चन्दनभराटेश्वर महादेव मन्दिरमा साउनकाे साेमबार दर्शनार्थीकाे घुईचाे लागेकाे छ ।

पबित्र धार्मिक स्थल चन्दनभराटेश्वर महादेव मन्दिर सबै भक्तजनहरूको आस्थाको केन्द्र बिन्दु भगवान शिव को ६४ पिठहरु मध्ये ५० औं पिठमा रहेको उल्लेख छ ।

