काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी बिद्यमान अवस्थामा रात्रीकालीन समयमा मात्र टिपर गुडने अवस्थाको अन्त्य गर्न सरोकारवाला निकायमा समन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
चन्द्रागिरि नगरपालिका –७ हाईभिजन कोलोनीमा ट्रिपर तथा ट्रक व्यवसायी समितिको भवन निर्माण सिलान्यास तथा बधाई कार्यक्रममा मन्त्री अधिकारीलेसमितिलाइ आबश्यक सहयोग गर्ने बताए ।उनले दिउँसो पनि टिपर गुडने अबस्था बनाउन गृहमन्त्री, सरोकारवाला सचिव र समितिबिच छलफल गर्ने वातावरण बनाउने बताए ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य तथा निःबर्तमान युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले बागमती प्रदेश क्षेत्रमा गिट्टी बालुवाको थुप्रै संभावना भएपनि नितिगत अफ्ठेरोका कारण त्यतिकै खेर गएको बताईन । उनले खेर गइरहेका बालुवा, गिट्टी तथा ग्राइवेल निकाल्ने अवश्था श्रृजना भए राजश्व संकलनमा बृद्धि हुने भन्दै नितिगत सुधारका लागि पहल गर्न मन्त्री अधिकारीको ध्यानाकर्षण गराइन ।

चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले सवारी साधनको चाप न्युनिकरणका सुरुङ मार्गका लागि बन्दै गरेको फ्लाइ ओभर सडकलाइ कलंकी सम्म सबस्तार गर्नुपर्नेमा जोड दिए । उनले समितिको काम कारवाहीका लागि नगरपालिका सधै सकारात्मक भएको जिकीर गरे । ।समितिले मन्त्री अधिकारीलाइ सम्मान तथा शुभकामना ज्ञापन गरेको छ ।

समितिका अध्यक्ष कृष्ण प्रसाद पन्तको अध्यक्षता भएको कार्यक्रममा , चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता कृष्णप्रसाद खडगी, नेकपा एमाले चन्द्रागिरि नगरकमिटि अध्यक्ष उत्तम राउत,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वार,नेपाल पेट्रोलियम डिलर एसोशियसन का महासचिव विश्व प्रसाद अर्याल लगायतको उपस्थिति थियो ।

२०६६ सालमा स्थापना भएको ट्रिपर तथा ट्रक व्यवसायी समितिले २०७२ सालमा आफ्नै भवन बनाउने भन्दै कोष स्थापना गरेको थियो । ५४ लाख रुपैयामा चन्द्रागिरि ७ हाइभिजन कोलोनीमा जग्गा खरिद गरेको समितिले १ करोड ४ लाखमा भवन निर्माण गर्न लागेको हो । निर्माणको जिम्मा तिमल्सीना सेवा एण्ड सप्लायर्सले पाएको छ ।

